logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • मतदानपछि बालेनको प्रशंसा गर्दै करिस्माले भनिन्– बालेन जोशसहितको युवा हुन्, उनि जस्तै युवा राजनीतिमा आउनुपर्छ

    मतदानपछि बालेनको प्रशंसा गर्दै करिस्माले भनिन्– बालेन जोशसहितको युवा हुन्, उनि जस्तै युवा राजनीतिमा आउनुपर्छ

    6.4K
    Shares

     

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको प्रशंसा गर्दै करिश्माले उनी जोशसहितको युवा भएको बताइन् । बालेनजस्तै युवा राजनीतिमा आउनुपर्ने बताउँदै करिश्माले युवालाई राजनीतिमा स्थान दिनुपर्ने पनि बताइन् ।

    कलाक्षेत्रका अन्य व्यक्तित्वले पनि अन्य दलबाट उम्मेदवारी दिएको तर्फ लक्षित गर्दै करिश्माले सबैको बाटो अलग भएपनि गन्तव्य एउटै भएको बताइन् । ‘सबैको गन्तव्य एउटै छ तर बाटो अलग । म अलग बाटोमा भएपनि सिनेमा क्षेत्रकै आवाज उठाउँछु । हामी एउटै परिवारका हौं’ उनले भनिन् ।

    स्थायी बसोबास ललितपुर गोदावरीमा भएपनि करिश्माले काठमाडौंको लाजिम्पाटबाट मतदान गर्दै आएकी छिन् । आफूले काठमाडौंको मेयरमा एमाले उम्मेदवार केशव स्थापित र उपमेयरकी उम्मेदवार सुनिता डंगोललाई मतदान गरेको उनले बताइन् ।

    ‘म एमालेमा नभएपनि स्थापितजीलाई नै भोट हाल्थेँ’ केही महिनाअघि एमाले प्रवेश गरेकी नायिकाले भनिन्, ‘छोरी र विनोदजीलाई मैले यसमा हाल्नूस भनेर भनिँन ।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend