सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

तनहुँमा व्यास नगरपालिका मेयरका उम्मेदवार जोशीमाथि कुटपिट

तनहुँमा व्यास नगरपालिका मेयरका उम्मेदवार जोशीमाथि कुटपिट

 

तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । ब्यास नगरपालिका–८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको जोशीले बताएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार बनेका छन् ।

जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूमाथिआक्रमण भएको बताए । ‘२ मिनेट मात्र ढिला (कोठा) भित्र आएको भए म मर्न पनि सक्थें’ उनले भने, ‘अहिले पनि बाहिर गुण्डाहरु छन्, म भित्र छु ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend