logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • पाँच दलको गठबन्धन काठमाडौँमा तेश्रो स्थानमा

    पाँच दलको गठबन्धन काठमाडौँमा तेश्रो स्थानमा

    8.9K
    Shares
    पाँच दलको गठबन्धन काठमाडौँमा तेश्रो स्थानमा

    काठमाडौँ –  काठमाडौं महानगरपालिकाको मतपरिणाम रोचक मोडमा पुगेको छ। पाँच दलीय गठबन्धनले जित्ने दाबी गरिएको काठमाडौँमा गठबन्धन तेस्रो स्थानमा पुगेको छ।

    काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम लिएपछि प्रारम्भिक नतिजामा गठबन्धनका उमेद्वार सिर्जना सिंह डिफेन्सिभ मोडमा पुगेकी छन् भने एमालेका उमेद्वार केशव स्थापित दोश्रो स्थानमा छन् ।

    पछिल्लो मत परिणाम अनुसार बालेन शाहले ९९७  मत पाएर पहिलो स्थानमा छन् । भने दोश्रोमा मा रहेका एमालेका केशव स्थापित ६५४  मत ल्याएका छन्। भने गठबन्धनके उमेद्वार  सिंहले ५८७  मत पाएर तेश्रो स्थानमा छन्।

    त्यसैगरी अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ८०  मत पाएका छन् भने राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ७५ मत ल्याएका छन्।

    काठमाडौँ महानगर पालिकाको मतगणना यतिबेला भृकुटी मण्डपमा रहेको राष्ट्रिय सभागृहमा जारी छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend