
पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । नगरका दश वडामध्ये हालसम्म तीनवटा वडाको मत गणना सकिएको छ । वडा नं १, २ र १० को मतगणनाको नतिजा सकिँदा नेपाली कांग्रेसका नगरप्रमुख उम्मेदवार रमणबहादुर थापा र उपप्रमुख बालकुमारी थापाको अग्रता कायमै छ ।
तीन वडाको मत परिणामअनुसार नगर प्रमुखमा थापाले दुई हजार ८३०, उपप्रमुखमा थापाले दुई हजार ८४१ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रमुख उम्मेदवार शिव अर्यालले दुई हजार ६०४, उपप्रमुखमा दुर्गादेवी रानाले दुई हजार ५९३ मत पाएकी छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend