logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • भरतपुरमा रेनु दाहालले अग्रता बढाउँदै

    भरतपुरमा रेनु दाहालले अग्रता बढाउँदै

    3.6K
    Shares

     

    चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल एक हजार ९०६ मतले अगाडि छिन् । २९ हजार ४४६ मत गणना भइसक्दा गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले १० हजार ७४८ मत पाएकी छन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ८ हजार ८४२ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ८८३ मत पाएका छन् ।

    उपप्रमुखतर्फ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका चित्रसेन अधिकारीले १२ हजार ८५८ मत पाएका छन् । राप्रपाकी हिमला गुरुङले भने ७ हजार १६६ मत पाएकी छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend