logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • २७ वाणिज्य बैंकमध्ये निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो, सिडि रेसियो पनि सिमा भित्र

    २७ वाणिज्य बैंकमध्ये निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो, सिडि रेसियो पनि सिमा भित्र

    14.8K
    Shares
    २७  वाणिज्य बैंकमध्ये निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो, सिडि रेसियो पनि सिमा भित्र

    काठमाडौं । निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो पहिलो स्थानमा रहेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार वृद्धि गरेको छ ।

    गत बैशाख महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको हो ।

    गत बैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको छ भने कर्जा विस्तार ३१.९८ प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ वाणिज्य बैंकहरुमध्य १९ वटा बाणिज्य बैंकहरुको निक्षेप बढेको छ भने ८ वटा वाणिज्य बैंकहरुको निक्षेपमा घटेको देखिन्छ । वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धि ६.२३ प्रतिशत रहेको छ ।

    त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औसतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४३ प्रतिशतले वृद्धि भएको छ । बैशाख मसान्तसम्मा बाणिज्य बैंकहरुसंग कुल निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयां छ भने कुल कर्जा प्रवाह ४१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ ।

    नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस अवधिमा १८ वटा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशत भन्दा बढि रहेको पाइएको छ ।

    नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) भने राष्ट्र बैंकले तोकेको सिमाभित्र नै रहेको छ । बैंकको सिडि रेसियो ८९.६५ प्रतिशत रहेको छ । औसतमा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.८८ प्रतिशत छ ।

    नेपाल अधिराज्यभर २१३ शाखाहरु, १७० एटिएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend