logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • वीरगञ्ज महानगरपालिका गठबन्धनको उम्मेदवार १६ हजार मतले अघि, तीन वडाको मत गन्न बाँकी

    वीरगञ्ज महानगरपालिका गठबन्धनको उम्मेदवार १६ हजार मतले अघि, तीन वडाको मत गन्न बाँकी

    3.5K
    Shares

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुखमा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले ३३ हजार ३१५ मत ल्याएका छन् । सिंहका प्रतिस्पर्धी नेकपा एमालेका महानगर प्रमुखका उम्मेदवार बिजय सरावगीले १७ हजार ४२० मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका राप्रपाका गिरीश गिरीले भने २ हजार ४७४ मत प्राप्त गरेका छन् । महानगर प्रमुखमा एमाले उम्मेदवार सरावगी भन्दा १५ हजार ८९५ मतले सिंह अगाडी छन् ।

    साथै उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवार इम्तियाज आलमले २२ हजार ८१३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ५ हजार ५५९ मत मात्रै प्राप्त गरेका छन् । उपप्रमुखमा लोसपाका झा भन्दा १७ हजार २६० मतले गठबन्धनका उम्मेदवार आलम अगाडी छन् ।

    अव ३ वटा वडा मात्रै मतगणना बाँकी रहेकोले आलमको जित निश्चित जस्तै भइसकेको छ । आलम र झा पछि उपप्रमुखका स्वतन्त्र उम्मेदवार रम्भा झाले ३ हजार १६८ र राप्रपाकी उम्मेदवार बिना जैसवालले ४ हजार ३०९ मत प्राप्त गरेकी छिन् । ३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा अव ३ वटा वडा मात्रै गणना बाँकी रहेको जनाइएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend