logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • मनोज पाण्डेविरुद्ध पीडित युवतीले दिईन् ‘मानव बेचबिखन’को उजुरी

    मनोज पाण्डेविरुद्ध पीडित युवतीले दिईन् ‘मानव बेचबिखन’को उजुरी

    6.2K
    Shares

    काठमाडौँ । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डे विरुद्ध पीडितले जाहेरी दिएकी छन् । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसुरमा उजुरी दिएकी हुन् ।

    जिल्ला अदालतमा पीडित युवतीको बयान प्रमाणित गराएपछि जाहेरी दर्ता गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

    भैरहवा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौँको एभरेस्ट होटलमा आफूलाई बन्धक बनाएर पाण्डेले बलात्कार गरेको पीडित युवतीको आरोप छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाण्डेलाई जेठ ७ मा स्वयम्भूबाट पक्राउ गरेर अनुसन्धान थालेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend