logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • निर्वाचनमा पार्टीको कुरा गर्यौँ अब समग्र ललितपुर महानगरवासीको कुरा गर्नेछौं: चिरिबाबु महर्जन

    निर्वाचनमा पार्टीको कुरा गर्यौँ अब समग्र ललितपुर महानगरवासीको कुरा गर्नेछौं: चिरिबाबु महर्जन

    4.4K
    Shares
    निर्वाचनमा पार्टीको कुरा गर्यौँ अब समग्र ललितपुर महानगरवासीको कुरा गर्नेछौं: चिरिबाबु महर्जन

     

    काठमाडौं । ललितपुर महानरपालिकाको मेयरमा विजयी चिरिबाबु महर्जनले शपथग्रहण गरेका छन् । बुधवार मेयरमा निर्वाचित महर्जन र उपमेयरमा निर्वाचित मञ्जली शाक्यले अबको काम महानगरवासीमा समर्पित हुने बताए । मेयरमा महर्जनको यो दोस्रो कार्यकाल हो । महानगरका समस्या समाधानका लागि आफू तत्पर रहने बताउनु भयो । निर्वाचन अघिसम्म पार्टीका कुरा गरेपनि अब जनताका समस्या समाधान गर्ने उद्घोष गरे ।

    मेयर महर्जनले भने, ‘निर्वाचनमा पार्टीको कुरा ग¥यौं तर अब समग्र ललितपुर महानगरपालिका वासीको कुरा गर्नेछौं । महानगरमा आएका कुराहरु, समस्याहरु समाधानमा हहोरात्र लाग्नेछौँ । हामी राजनीतिक रुपमा अब प्रशतुत हुन मिल्दैन । हाम्रा लागि सबै बराबर हुन् । हामी टिमवर्कको रुपमा काम गर्नेछौँ । शिरमा नगरपालिका वासीलाई राखेर काम गर्नेछौँ ।’

    सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता महर्जन ललितपुर महानगरको मेयरमा विजयी बन्नुभएको छ भने उपमेयरमा नेकपा एमालेकी मञ्जली शाक्य निर्वाचित भएका छन् । मेयर महर्जनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १६२ मतान्तरले पराजित गरेका हुन् । उनले ४२ हजार ७२२ मत प्राप्त गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend