सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सल्यानमा भएको बस दुर्घटनामा ७ जना घाइते

सल्यानमा भएको बस दुर्घटनामा ७ जना घाइते

दाङ । सल्यानमा यात्रु बाहाक बस दुर्घटना हुदा ७ जना घाइते भएका छन् । शुक्रबार बिहान जिल्लाको पातीहाल्नादेखि दाङतर्फ आउँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बाघचौर नगरपालिका जंघारखोला पुल नजिक बस दुर्घटना हुदा ७ जना भाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए ।

दुर्घटनामा घाइते हुनेमा छत्रेश्वरी गाउँपालिका २ दहखोला निवासी २२ वर्षीय अन्जना गीरी, रोल्पा गंगादेव गाउँपालिका ३ डाँडापोखरी निवासी ५८ वर्षीय दिलकुमारी खड्का, बाघचौर नगरपालिका ८ कोटमौला निवासी ६३ वर्षीया चम्फा ढकाल, सोहि ठाउँ निवासी ४८ वर्षीय अजमद कामी, सोही ठाउँ निवासी ३६ वर्षिय दिपक योगी, ७५ वर्षीय लिलानाथ योगी र बागचौर नगरपालिका ९ डाँडागाउँ निवासी ३६ वर्षिय मनिषा भण्डारी रहेको प्रहरीले बताएको छ ।

घाइतेहरुको सल्यान जनप्रिय अस्पतालमा उपचार भैरहेको छ । घाइते अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार :

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend