logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • २० देशमा फैलियो मंकिपक्स रोग, २०० जनामा संक्रमण पुष्टि

    २० देशमा फैलियो मंकिपक्स रोग, २०० जनामा संक्रमण पुष्टि

    7K
    Shares

    काठमाडौं । विश्वका २० देशमा मङ्कीपक्सको संक्रमण फैलिएको पुष्टि भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विभिन्न देशमा मंकिपक्सबाट संक्रमित हुनेको संख्या बढिरहेको छ। हालसम्म विश्वभर २०० जनामा मंकिपक्सको संक्रमण देखिएको संगठनले जनाएको छ।

    यो संक्रमण विशेष गरि मध्य र पूर्वी अफ्रिकी क्षेत्रमा सामान्य रुपमा भेटिने गर्छ। अफ्रिकाबाट नै अन्य देशमा यो संक्रमण फैलिएको अनुमान गरिएको छ। केही महिना अघि मंकिपक्सको संक्रमण सुरुवातमा बेलायतमा देखिएको थियो। पछि इटाली, स्पेन, स्वीडेन, पोर्चुगल, अमेरिका, क्यानडा, स्वीटजरल्यान्ड, इजरायल लगायतका देशमा पनि यो भाइरसको संक्रमण देखिएको थियो।

    संगठनका अनुसार एक सयभन्दा बढीमा यो भाइरसको शंकास्पद लक्षण देखिएको छ। डब्लुएचओले संक्रमण देखिएका देशमा भाइरस थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिन योजना बनाउन सबैलाई आग्रह समेत गरेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend