सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सल्यानमा मलामी गएका व्यक्तिको नदीमा डुबेर मृत्यु

सल्यानमा मलामी गएका व्यक्तिको नदीमा डुबेर मृत्यु

 

सल्यान । सल्यानमा छिमेकीको मलामी गएका ३७ वर्षीय पुरुषको शारदा नदीमा डुबेर मृत्यु भएको छ । शारदा नगरपालिका १४ माल्नेटा च्याउखोलाका बहादुर शाहीको शारदा नदीमा डुबेर मृत्यु भएको हो ।

शाही शारदा नगरपालिका १४ माल्नेटाको ढारखानीका ४० वर्षीय विजय पुनको मलामी गएका थिए । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार लास जलाइरहेका बेला नुहाउन गएका शाही डुबेका थिए ।

नदीमा डुबेर बेहोस भएका शाहीलाई उद्धार गरी जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी गराए । शव जिल्ला अस्पताल सल्यानमा पोस्टमार्टमका लागि राखिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend