logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • इरानमा रेल दुर्घटना, कम्तिमा दश जनाको मृत्यु

    इरानमा रेल दुर्घटना, कम्तिमा दश जनाको मृत्यु

    3.4K
    Shares

    रासस/एएफपी । मध्य इरानमा बुधबार मशहद र याजद सहरहरू बीचको लाइनमा रहेको ताबासनजिकै रेल पटरीबाट खस्दा कम्तिमा १० जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यममले जानकारी दिएको छ ।

    घटनामा दश जनाको मृत्यु भएको छ र अरु धेरै घाइते भएका राष्ट्रिय उद्धार सेवाका प्रवक्ता मोजताबा खालेदीले सरकारी टेलिभिजनलाई उद्धृत गर्दै भनेका छन् । घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको उहाँले थप जानकारी दिएका छन् ।

    इरानको सरकारी स्वामित्वमा रहेको रेलवेका उपप्रमुख मिर हसन मुसावीले उक्त रेलमा ३४८ जना यात्रु सवार रहेका सरकारी सञ्चार माध्यमलाई बताएका छन् । ट्र्याकनजिकै रहेको “एउटा उत्खननकर्तालाई ठक्कर दिएपछि पटरीबाट खसेको उनले बताए ।

    बुधबार बिहान ५ः३० बजे दुर्घटना भएको यस रेलका ११ वटा डिब्बा मध्ये पाँचवटा ट्र्याकबाट बाहिरिएका आपातकालीन सेवाहरूले जानकारी दिएको छ । सन् २०१६ मा, उत्तरी इरानमा दुईवटा रेलहरू ठोक्किएर भएको आगलागीमा परी ४४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौं घाइते भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend