logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • चाउचाउ मात्रै खुवाएपछि पत्नीसँग सम्बन्धविच्छेद !

    चाउचाउ मात्रै खुवाएपछि पत्नीसँग सम्बन्धविच्छेद !

    5K
    Shares

    नयाँ दिल्ली । चाउचाउ कतिपयका लागि प्रिय खानेकुरा हुनसक्छ । धेरैले हतारको समयमा खाजाको लागि चाउचाउ उपर्युक्त मान्न सक्छन् ।

    तर, भारतमा भने चाउचाउकै विषयलाई लिएर एक व्यक्ति श्रीमतिविरुद्ध सम्बन्धबिच्छेदका लागि बढेका छन् । दैनिक खानामा चाउचाउ मात्रै दिएपछि एक पतिले श्रीमतीविरुद्ध सो कदम चालेको एउटा अदालतका न्यायाधीशले बताएका हुन् ।

    श्रीमतीले ब्रेकफास्ट, लन्च र डिनरमै चाउचाउ बनाउँथिन् । श्रीमतीलाई चाउचाउबाहेक अरु केही पकाउन नजान्दा श्रीमान निराश भएका थिए । त्यसपछि आपसी सहमतिमा दम्पत्ति अलग भएका थिए ।

    पछिल्लो समयमा अस्वभाविक कारण जस्तैः तरकारीमा पर्याप्त नुन नहाल्ने, विवाहमा उपर्युक्त लुगा नलगाउनु, पत्नीलाई बाहिर नलैजानु आदि विषयलाई लिएर अदालतमा उजुरी बढेका पाइन्छन् । कतिपय घटना त विवाह समारोह सकिए लगत्तै हुने गर्छन् । ‘पछिल्ला समयमा सम्बन्ध बिच्छेद नाटकीय रूपमा बढेको छ’, न्यायाधीश एम एल रघुनाथले भने । भारतको १९५४ को विशेष विवाह कानुनअनुसार सहमतिबाट सम्बन्ध विच्छेद गर्नुअघि एक वर्षसम्म छुट्टिएर बस्नु पर्छ ।

    ‘दम्पतीले सम्बन्धविच्छेद गर्नुअघि कम्तिमा एक वर्ष सँगै बस्नुपर्ने हुन्छ ।  त्यस्तो कानून नभएको भए विवाह हलबाटै सम्बन्ध विच्छेदको निवेदन पर्दथ्यो ।’, उनको भनाई उद्धृत गर्दै द न्यु इन्डियन एक्सप्रेसले जनाएको छ ।

    मुद्दा चलेको समयावधि र सो घटनामा संलग्न दम्पत्तिको नाम उल्लेख गरिएको छैन् । उनका अनुसार ग्रामिणभन्दा सहरी क्षेत्रमा सम्बन्धबिच्छेद दर बढ्दो छ । -एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend