logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • भारतमा थप ७ हजार ५८४ सङ्क्रमित थपिए, ७९१ जना निको

    भारतमा थप ७ हजार ५८४ सङ्क्रमित थपिए, ७९१ जना निको

    3.7K
    Shares

    काठमाडौं । भारतमा बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा थप सात हजार ५८४ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार २६७ रहेका छन् । यो कुल सङ्क्रमितको०.०८ प्रतिशत भएको जनाइएको छ । हिजो कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या ३२ हजार ८९८ रहेका थिए ।

    बिहीबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा तीन हजार ७९१ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ४४ हजार ९२ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७० प्रतिशत रहेको छ ।

    गत २४ घण्टाको समायावधीमा कोरोना महामरीको कारण २४ जनाको मृत्यु भएपछि पाँच लाख २४ हजार ७४७ जना पुगेका छन् ।

    भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ४० लाख भन्दा बढी व्यक्तिको परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ७६ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend