logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • आर्थीक संकट झेलेको प्रज्ञा–प्रतिष्ठानलाई सरकारले सहयोग गर्ने प्रधानमन्त्री देउवाको वचन

    आर्थीक संकट झेलेको प्रज्ञा–प्रतिष्ठानलाई सरकारले सहयोग गर्ने प्रधानमन्त्री देउवाको वचन

    2.2K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाईलाई मध्येनजर गर्दै सरकारले सहयोग गर्ने बताएका छन् ।

    बिहीवार नेपाल प्रज्ञा– प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाईलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताए । उनले यसका लागि आवश्यक सल्लाह गरेर सहयोग गर्ने विश्वास दिलाए ।

    उनले मुलुकको भाषा, साहित्य र संस्कृति प्रवद्र्धनको क्षेत्रमा प्रतिष्ठानलाई अगाडी बढाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध हुने बताए ।

    उनले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा प्रज्ञा–प्रतिष्ठानले खेलेको भुमिकाको प्रशंसा गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend