logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • महाँकाल गाउँपालिकाको नाम परिवर्तन विवाद, एमालेले ज्ञापनपत्र बुझाउँदै

    महाँकाल गाउँपालिकाको नाम परिवर्तन विवाद, एमालेले ज्ञापनपत्र बुझाउँदै

    4.7K
    Shares
    महाँकाल गाउँपालिकाको नाम परिवर्तन विवाद, एमालेले ज्ञापनपत्र बुझाउँदै

    ललितपुर । ललितपुरको महाँकाल गाउँपालिकाको नाम परिवर्तन गर्ने गाउँसभाको निर्णयमा नेकपा एमालेले विरोध गरेको छ ।

    गत असार १० गते बसेको दोस्रो गाउँसभाले गाउँपालिकाको नाम महाँकाल बैतरणी बनाउनेका लागि प्रदेशलाई सिफारिस गरेसँगै प्रतिपक्षी दल एमालेले विरोध गरेको हो ।

    एमाले पालिका अध्यक्ष पुरुषोत्तम हुमागाईँले जिल्ला नेतृत्वसहित महाँकाल गाउँपालिकाका उपलब्ध अगुवा नेताको बैठकले सर्वसहमति नामाकरण भएकोमा नाम परिवर्तन गर्नु अव्यवहारिक भएको बताए । आज एमालेले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको छ ।

    गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णयसँगै यहाँ विभिन्न नाम राख्नुपर्ने तर्क सुरु भएको छ । पालिकामा कालेश्वर, सिम्बा झरना, विविरेचौर, बैर्तणी, तोक्तोङगुम्बा नाम राख्नु पर्ने विवाद उत्पन्न भएको छ ।

    राज्य पुनर्संरचनाका बेला बुखेल, मानिखेल, गोटिखेल, चन्दनपुर, कालेश्वर र ठूलादुलुङ गाविसलाई क्रमशः वडा बनाएर गाउँपालिका गठन गर्ने सर्वसम्मत निर्णय भएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend