logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई तीन दलका २३ सांसदले दिए विश्वासको मत

    कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई तीन दलका २३ सांसदले दिए विश्वासको मत

    1.7K
    Shares
    कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई तीन दलका २३ सांसदले दिए विश्वासको मत

    काठमाडौँ । आज बिहीबार बसेको प्रदेशसभा बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री कँडेललाई तीन दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।

    मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाउँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए । ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका तीन जना सांसद अनुपस्थित थिए ।

    एक जना निलम्बनमा परेका र दुई जना अनुपस्थित थिए । सभामुखसहित ३८ मध्ये मतदानमा सहभागि ३५ जना सदस्य मध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १२ र एक सांसद तटस्थ बसेका थिए ।

    एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका एक सांसदले मत दिएका थिए । कांग्रेसका १५ जना सांसदमध्ये संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने सांसद राजीव विक्रम शाह र जानकी सिंह संसद्मा उपस्थित भएनन् ।

    कांग्रेसका १३ जना सांसदले विपक्षमा मतदान गरे भने भने राप्रपाकी सांसद सन्तोषी शाहीले सत्ता अदलबदलको खेलमा राप्रपा नलाग्ने भन्दै तटस्थ बसेकी थिईन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend