logo

२०८० चैत्र ६ मंगलबार

logo
  • मंगलबार, ६ चैत्र २०८०
  • ‘हनि ट्रयाप’ युवक फसाउने भावना तामाङ जेल चलान

    ‘हनि ट्रयाप’ युवक फसाउने भावना तामाङ जेल चलान

    16.8K
    Shares
    ‘हनि ट्रयाप’ युवक फसाउने भावना तामाङ जेल चलान

     

     

    काठमाडौँ । हनि ट्रयापको अभियोगमा प्रहरी हिरासतमा रहेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    सोमबार थुनछेक प्रयोजनका लागि भएको सुनुवाइपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएका हुन् ।

    ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातमा फुर्वा मोक्तानले दिएको जाहेरीका आधारमा भक्तपुर प्रहरी परिसरले प्रतिवेदन तयार पारी सरकारले भावनाविरुद्ध भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

    सम्पत्ति हत्याउन पटकपटक बिवाह गर्ने र विवाह गरेपछि सम्पत्ति लिएर सम्बन्धविच्छेद गर्ने गरेको प्रमाण भेटिएपछि रौतहट स्थायी घर भएका फुर्वा मोक्तानले भावना तामाङविरुद्ध १ करोड ४५ लाख रुपैयाँ बराबरको सम्पत्ति हडपेको भन्दै असार १० गते शुक्रबार भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

    आफू मलेसियामा रहँदै गर्दा फेसबुकमा फ्रेण्ड रिक्वेष्ट पठाएर आफूलाई अविवाहित हो भनी विश्वास दिलाएको, बिवाहको प्रलोभन देखाएर बिवाहको नाटकसमेत गरी आफूसँग करिब १ करोड ४५ लाख रुपैयाँ नगद लिएको र पछि सम्पर्कविच्छेद भएको भन्दै उनीविरुद्ध उजुरी गरेका थिए ।

    यसरी हनि ट्रयापका मुद्दामा भक्तपुर जिल्ला अदालतले प्रतिवादी भावना तामाङलाई थुनाभित्रै रहेर मुद्दाको पुर्पक्ष गर्ने गरी कारागार पठाइदिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend