logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • कतारमा हुने विश्वकप २०२२ मा रंगशालाभित्र मदिरालाई बन्देज

    कतारमा हुने विश्वकप २०२२ मा रंगशालाभित्र मदिरालाई बन्देज

    5.6K
    Shares

    काठमाडौं । कतारममा हुने विश्वकप २०२२ मा रंगशाला स्टेडियमहरू अल्कोहलमुक्त हुने भएका छन् । स्रोतका अनुसार खेल अगाडि र पछाडि मात्र रंगशालाबाहिर बियर बिक्री गर्न अनुमति दिइएको छ ।

    २०२२ को विश्वकप पहिलोपटक मदिरालाई कडा नियन्त्रण भएको मुस्लिम देशमा आयोजना हुन लागेको हो । जसका कारण आयोजक र प्रतियोगिता प्रायोजकहरूका लागि अनौठो चुनौति हुने भएको छ ।

    बियर पिउने प्रशंसकहरूलाई लक्षित गरेर विश्वव्यापी ब्रान्डहरूले प्रायोजन गरेका हुन्छन् । ‘रंगशालाभित्र मदिरा लैजान नपाउने नियमलाई अन्तिम रूप दिन बाँकी नै छ । तर, हाल छलफल भनेको समर्थकहरूलाई रंगशाला छिर्नुअघि र बाहिरिँदा बियर पिउन अनुमति दिने हो । खेलको समयमा वा रंगशालाभित्र मदिरापान गर्न छुट दिइने छैन,’ स्रोतलाई उल्लेख गर्दै रोयटर्सले लेखेको छ ।

    २ जुन मितिको डकुमेन्ट अनुसार आयोजकले अनुमानित १२ लाख समर्थकको मागलाई कसरी सम्हाल्ने भनेर योजना बनाइरहेका छन् । अल्कोहल र फुटबलको सम्बन्ध लामो समयदेखि कठिन बन्दै गएको छ ।

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाको दबाबपछि २०१४ को विश्वकप आयोजक ब्राजिलले रंगशालामा लगाएको अल्कोहलको प्रतिबन्ध हटाएको थियो ।

    सन् २०१० मा खाडी अरब राष्ट्रले आयोजना गर्ने अधिकार जितेसँगै २०२२ को विश्वकपमा मदिराबारे प्रश्नचिह्न खडा भएको थियो ।

    छिमेकी साउदी अरबजस्तो मदिरा प्रतिबन्धित राज्य नभए पनि कतारमा सार्वजनिक स्थानमा मदिरा सेवन गैरकानुनी छ । तथापी, नोभेम्बरबाट सुरु हुने विश्वकपमा समर्थकहरूले राजधानी दोहाको अल बिदा पार्कमा अवस्थित ‘फिफा फ्यान जोन’का केही भागहरूमा प्रतिबन्धित समयमा पनि बियर किन्न सक्नेछन् ।

    रंगशाला र मुख्य फ्यान जोनबाट केही किलोमिटर टाढा रहेको दोहा गल्फ क्लबको एक कुनामा १५ देखि २० हजार समर्थकहरूका लागि मदिरा पिउने सुविधा उपलब्ध हुने जनाइएको छ ।

    त्यस्तै, होटेलको डेलिभरि प्रवेशद्वार र जिल्ला कुलिङ प्लान्टको बीचमा अवस्थित तीन मिटर पर्खालले घेरिएको बालुवाको प्लटलाई टेक्नो संगीत र मदिरा पिउन पाउने स्थान बनाउने भनिएको छ । जहाँ १० हजार क्षमताले मनोरञ्जन लिन सक्नेछन् ।

    आयोजकका प्रवक्ता तथा डेलिवरी एन्ड लिगेसीको सुप्रिम कमिटी प्रमुखले फिफासँग मिलेर २८ दिने प्रतियोगिताका लागि मदिराको उपलब्धताबारे योजना घोषणा गर्ने बताएका छन् ।

    ‘कतारमा होटल र बारहरू जस्ता तोकिएका क्षेत्रहरूमा रक्सी उपलब्ध हुन्छन् । यो २०२२ मा परिवर्तन हुनेछैन । २०२२ मा भ्रमण गर्ने समर्थकलाई लक्षित गरेर प्रतियोगिताको समयभर थप तोकिएको क्षेत्रहरूमा रक्सी उपलब्ध हुनेछ,’ प्रवक्ताले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend