logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सिटिइभिटी कोर्ष गर्ने विद्यार्थी बेरोजगार वस्नु पर्दैन, पढ्न उच्च ग्रेड ल्याउनैपर्ने बाध्यता छैन : सिटिइभिटी निर्देशक भट्टराई

    सिटिइभिटी कोर्ष गर्ने विद्यार्थी बेरोजगार वस्नु पर्दैन, पढ्न उच्च ग्रेड ल्याउनैपर्ने बाध्यता छैन : सिटिइभिटी निर्देशक भट्टराई

    7.2K
    Shares

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिक परिषद (सिटिइभिटी) का निर्देशक ई.अनोज भट्टराईले एसईई उतिर्ण विद्यार्थीले आफुलाई मनपर्ने विषय छानेर पढ्नुपर्ने बताएका छन् । सुनौलो नेपालसँगको कुराकानीमा निर्देशक ई.भट्टराईले विद्यार्थीले आफुले पढ्ने विषयमा भविष्य उज्वल छ छैन, रोजगारीका अवस्था छ छैनन् वा स्वरोजगार बन्न सकिने अवस्था छ छैन राम्रोसँग बुझेर विषय छान्नुपर्ने बताएका हुन् । उनले कसैको दबाबमा परेर मननपर्ने विषय नछान्न पनि विद्यार्थीलाई आग्रह गरे ।

    आफुले चाहेको विषय पढ्न नेपाल बाहिर गएमा अध्यन पुरा गरेर नेपाल फर्किएपछि सोहि अनुरुपको काम पाउन नेपालमा मुश्किल हुने भन्दै प्राविधि शिक्षा तथा व्यवसायीक तालिमको विकल्पमा अरु कुनै शिक्षा नभएको बताए । प्राविधिक शिक्षा लिएका विद्यार्थी कोहीपनि बेरोजगार वस्नु नपरेको बताउँदै निर्देशक ई.भट्टराईले नेपालमे प्राविधिक शिक्षा पढ्न पनि विद्यार्थीलाई आग्रह गरे ।

    सिटिइभिटीको प्रि डिप्लोमा कोर्ष एसईईमा जुनसुकै ग्रेड ल्याएका विद्यार्थीले पनि पढ्न पाउने छन् । डिप्लोमा कोर्षमा शिक्षा, स्वास्थ्य तथा ईन्जिनियरिङ पढ्नका लागि ग्रेड लागु गरिएको उनले बताए ।
    विद्यार्थीले यदि विदेश नै गएर पढ्न चाहेको भएपनि नेपालमै प्राविधिक शिक्षा लिएर गएमा विदेश गएर सहज हुने बताउदै कुनै सिप लिएर मात्रै विदेशीन विद्यार्थीलाई आग्रह गरे ।

    जुनसुकै आयस्तर भएकमा विद्यार्थी आर्थिक अवस्थाका कारण प्राविधिक शिक्षा लिनबाट वञ्चित नहोस् भनेर सरकारले छात्रावृत्ति पनि प्रदान गरेको उनले बताए । नेपाल सरकारले निर्धारण गरेको जेहेनदार, दलित, जनजाति, महिला लगाएका विभिन्न कोटाहरुमार्फत छात्रावृत्ति प्रदान हुने उनले जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend