logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • प्युठानमा जिप दुर्घटना, एक महिलाको मृत्यु

    प्युठानमा जिप दुर्घटना, एक महिलाको मृत्यु

    8.4K
    Shares
    प्युठानमा जिप दुर्घटना, एक महिलाको मृत्यु

     

    प्युठान । प्युठानमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको, छ भने १४ जना घाइते भएका छन् । शनिबार दिउँसो स्वर्गद्वारी नगरपालिका–४ भ्यागुते भन्ने ठाउँमा स्वर्गद्वारीबाट भिङरीतर्फ गइरहेको लु ३ च ३५३ नम्बरको जिप दुर्घटनामा एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

    घटनामा रुपन्देही मायादेवी गाउँपालिका ३ की ३२ वर्षीय मायादेवी ठाकुरको मृत्यु भएको छ । प्रहरीका अनुसार ९ जना घाइतेलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ। अन्य ५ जनालाई सामान्य उपचारपछि घर फर्किएका छन् ।

    रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका १७ जना स्थानीयवासी जिप रिजर्भ गरी स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका थिए । ब्रेक फेल भएर जिप दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend