logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • खेलकुद मन्त्री अथकद्धारा लमही क्रिकेट मैदानको अवलोकन

    खेलकुद मन्त्री अथकद्धारा लमही क्रिकेट मैदानको अवलोकन

    6K
    Shares
    खेलकुद मन्त्री अथकद्धारा लमही क्रिकेट मैदानको अवलोकन

     

    दाङ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गरेका छन् । गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले सोमबार निर्माणाधिन अवस्थामा रहेको क्रिकेट रंगशालाको अवलोकन गरेका हुन् ।

    अवलोकनका क्रममा बन्त्री अथकले रंगशालाको बाँकी काम छिट्टै पुरा गर्न आवश्यक बजेट बिनियोजन गरीने बताए । लमही क्रिकेट रंगशालालाई पश्चिम नेपालको महत्वपूर्ण खेल मैदानका रुपमा विकास गर्न सकिने बताउँदै मन्त्री अथकले पूर्वाधारका बाँकी कामहरुको बारेमा समेत जानकारी लिएका थिए । आफुले उक्त मैदानलाई उच्च प्राथमिकतामा राखेर हेरीरहेकाले मन्त्रालयले आवश्यक बजेट बिनियोजन गर्नेमा ढुक्क हुन मन्त्री अथकले आश्वासन दिएका छन् ।

    आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत उक्त मैदानमा महिला क्रिकेट प्रतियोगिता संचालन गरीएको थियो । आठौं राष्ट्रिय प्रतियोगिताको दौरान रंगशालामा केही भौतिक पूर्वाधारहरु निर्माण गरीएपनि प्याराफिट लगाएतका संरचना निर्माणको काम अझै बाँकी रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend