logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • शैक्षिक गुणस्तरका लागि बोर्ड अघि बढ्ने दिशामा छः महाश्रम शर्मा

    शैक्षिक गुणस्तरका लागि बोर्ड अघि बढ्ने दिशामा छः महाश्रम शर्मा

    6.5K
    Shares
    शैक्षिक गुणस्तरका लागि बोर्ड अघि बढ्ने दिशामा छः महाश्रम शर्मा

     

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले अहिलेसम्मको कमजोरीलाई मूल्यांकन गरेर शैक्षिक गुणस्तरका लागि अघि बढ्ने दिशामा बोर्ड रहेको बताए । उनले यसवर्षको एसईईको परीक्षामा गणित विषयमा विद्यार्थीहरुको नतिजा कम आएको र धेरै अनुत्तिर्ण भएको भन्ने कुरा सत्य रहेको भन्दै यसको बारेमा विश्लेषण गर्ने बेला भएको बताए । उनले नतिजा कमजोर आउनुको वास्तविक कारण पत्ता लगाउने कुरामा परीक्षा बोर्ड लाग्ने बताए ।

    अध्यक्ष शर्माले प्रश्नपत्रलाई टेस्टेड प्रश्नपत्र बनाउन स्तरीकृति परीक्षा प्रणाली सञ्चालन गर्नुपर्ने बताए । उनले कक्षा १२ पछि विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्नसक्ने बनाउनुपर्ने बताए । परीक्षा बोर्डले विद्यार्थी र शिक्षकको ग्रेडिङ मात्रै मापन गर्ने नभइ विद्यालयकै स्तर मापन गरिरहेको र सुधारका लागि योजना बनाउने काममा लागेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend