logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • दुर्घटना कम गर्न ललितपुर महानगरले सिमेन्टका डिभाइडर हटाएर प्लास्टिकका डिभाइडर राख्यो

    दुर्घटना कम गर्न ललितपुर महानगरले सिमेन्टका डिभाइडर हटाएर प्लास्टिकका डिभाइडर राख्यो

    6.8K
    Shares

    काठमाडौं । ललितपुर महानगरपालिकाले कुपण्डोलमा सिमेन्टका डिभाइडर हटाएर प्लास्टिकका डिभाइडर राखेको छ । सिमेन्टको डिभाइडरले दुर्घटनाको सम्भावना बढी हुने देखिएपछि महानगरले दुर्घटना न्यूनिकरण गर्न कुपण्डोल क्षेत्रमा प्लास्टिकका डिभाइडर राखिएको महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए ।

    सोमबार बिहान नगर प्रहरीले पुराना सिमेन्टका डिभाइडर हटाएर प्लाष्टिकका डिभाइडर राखेको हो। सडक दुर्घटना हुन नदिन, ट्राफिक व्यवस्थापन र सुन्दरताका लागि प्लाष्टिकका डिभाइडर प्रयोगमा ल्याइएको नगरप्रमुख महर्जनले जानकारी दिए।

    ललितपुर महानगर क्षेत्रभित्र ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरूस्त राख्दै दुर्घटना न्यूनिकरणका लागि महानगरले योजना बनाएरै काम गरिरहेको छ। महानगरले अत्यधिक सवारी जाम हुने ठाउँमा वान वे बनाउनुका साथै फुटपाथ व्यवस्थित, जेब्रा क्रसिङ, सडक बत्ती, आकाशे पुलको सरसफाई लगायतका काम गर्दै आएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend