logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • २ हजार मत भएको दलमा २० हजार खन्याएर गठबन्धन गर्न सकिदैन : गगन थापा

    २ हजार मत भएको दलमा २० हजार खन्याएर गठबन्धन गर्न सकिदैन : गगन थापा

    10.1K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन दलहरुबीच संविधान,आर्थिक सामाजिक विषय र विदेशी नीतिमा साझा धारणा बनाएरमात्र चुनावमा जानुपर्ने भन्दै चुनाव जित्नका लागिमात्र गठबन्धन गर्दा कांग्रेसलाई घाटा हुने बताएका छन् ।

    गठबन्धनको सिट बाँडफाँट कार्यदल सदस्य समेत रहेका महामन्त्री थापाले कांग्रेसको संगठन र मतदाताको मनोविज्ञान अन्य सहयात्री दलले नबुझ्ने हो भने सोचेजस्तो परिणाम नआउने बताए । उनले २ हजार मत भएको दललाई २० हजार खन्याएर २२ हजार मत बनाउँन नसकिने बताए ।

    ‘विदेश नीतिको कुरा आउनासाथ गठबन्धनकै अर्का साथीले हामीलाई दलाल भन्छन्,राष्ट्रघाती भन्छन् ।’ थापाले भने ‘दलाल भनेको छ फेरि गठबन्धनमा पनि बसेको छ । राष्ट्रघातीसँग किन बसेको त ? त्यसैले अब चुनाव अघि नै गठबन्धन गरेर जाँदै गर्दा यस्ता विषयमा न्युनतम समझदारी हुनुपर्छ ।

    आफू चुनावअघि गठबन्धनको पक्षमा नरहे पनि पार्टीको वहुमतले तालमेल गर्ने निर्णय गरेको बताए । उनले चुनावपछि गठबन्धनका दलहरु सँगै जान्छन् भन्ने ग्यारेन्टी नरहेकाले न्युनतम विषयमा साझा अवधारणा लिएर जनतामा जानुपर्ने बताए । महामन्त्री थापाले अहिलेसम्म कार्यदलमा कसले कति सिट पाउने भनेर मुख नखोलेको भन्दै २०७४ सालको चुनावमा कसले जितेको थियो भनेर ती ठाउँ छाड्ने हो भने कांग्रेसलाई मत दिने मान्छेहरुले नमान्ने दावी गरे ।

    थापाले भने–कांग्रेसको संगठनात्मक अवस्था,अस्ति भर्खरको स्थानीय चुनावलाई हेरौं । कांग्रेसलाई यहि बेला दल्न मिल्छ पेल्न मिल्छ भनेर सोचियो भने परिणाम फरक आउन सक्छ । हाम्रा मतदाताको मनोविज्ञान गठबन्धन दलले बुझेनन् भने सोचे जस्तो परिणाम ल्याउन गाह्रो छ । यस्तै, सीट बाँडफाँट गर्न बनाएको कार्यदलको बैठकबाट कुनै ठोस निस्कर्ष आउन नसकेको उनले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend