logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सान्जेन जलविद्युतको आइपीओ आजबाट जारी, क-कसले आवेदन दिन पाउने ?

    सान्जेन जलविद्युतको आइपीओ आजबाट जारी, क-कसले आवेदन दिन पाउने ?

    7.8K
    Shares
    सान्जेन जलविद्युतको आइपीओ आजबाट जारी, क-कसले आवेदन दिन पाउने ?

    काठमाडाै‌ । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आज भदौ ५ गतेबाट आइपीओ जारी गरेको छ । कम्पनीले स्थानीयलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

    कम्पनीले रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं. ५ चिलिमे (साविक चिलिमे गा.वि.स.), प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछादिडमो गाउँपालिका वडा नं. ४ गोल्जुङ (साविक गोल्जुङ गा.वि.स.) , सामान्य प्रमावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु:-१.२.३ (साविक गत्लाङ गा.वि.स. र हाक गा.वि.स.) तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुलाई निष्कासन गर्न लागेको हो । अति प्रभावित क्षेत्रका बासीलाई ४.३५, प्रभावित क्षेत्रका बासीलाई ३, सामान्य प्रभावित क्षेत्रका बासीलाई १.५ र अन्य जिल्लावासीलाई १ को अनुपातमा सेयर बाँडफाँट हुने कम्पनीले जनाएको छ |

    स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ७ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद भदौ १९ गते रहेको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार असोज ४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

    यस आइपीओको लागि बिक्री प्रबन्धकको कार्यनागरिक लगानी कोषले गर्नेछ भने सह बिक्रि प्रबन्धकमा सनराइज र एनएमबी क्यापिटललाई नियुक्त गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend