logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • सेयर बजार आजपनि ओरालो लाग्यो

    सेयर बजार आजपनि ओरालो लाग्यो

    1.1K
    Shares
    सेयर बजार आजपनि ओरालो लाग्यो

    काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १४ दशमलव ८१ अंकले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव २६ अंकले ओरालो लागेर ३ सय ५३ दशमलव ५१ मा सिमित भएको छ ।

    कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेका अनुसार कूल ५४ लाख ७१ हजार ६८ कित्ता शेयर रुपैँया २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ ।

    सो कम्पनीको रुपैँया १७ करोड ५९ लाख ७८ हजार १ सय ६३ बराबरको कारोबार भएको छ सूर्यज्योति लाइफ इन्स्योरेन्स रुपैँया ७ करोड ४३ लाख ५३ हजार ५ सय ७२, पोखरा फाइनान्स रुपैँया छ करोड ६८ लाख ९८ हजार २ सय १४, सर्वोत्तम सिमेन्ट रुपैँया ४ करोड ५९ लाख ८१ हजार चार सय ३४ र शिवम् सिमेन्ट रुपैँया ४ करोड ४७ लाख ४३ हजार ७ सय ७ बराबर कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन् ।

    एसबिएस ऋणपत्र ९ दशमलव ९९, गोर्खाज फाइनान्स ९ दशमलव ९६, सिभिल बैंकको ऋणपत्र ८ दशमलव १९, ग्रीन डेभलपमेन्ट बैंक ५ दशमलव शून्य २ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव शून्य ४ प्रतिशतले कमाएका नेप्सेले जनाएको छ ।

    त्यस्तै, रुरु जलविधुत् परियोजना १०, पोखरा फाइनान्स छ दशमलव ७४, सिवाइसी नेपाल लघुवित्त छ दशमलव ५०, डोल्टी पावर ५ दशमलव ६० र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ५ दशमलव शून्य छ प्रतिशतले गुमाएका छन् ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend