logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भारतको आइटिसी ग्रुपको नेपालमा प्रवेश, १ अर्ब लगानीमा फरच्युन रिसोर्ट सञ्चालन

    भारतको आइटिसी ग्रुपको नेपालमा प्रवेश, १ अर्ब लगानीमा फरच्युन रिसोर्ट सञ्चालन

    1.5K
    Shares
    भारतको आइटिसी ग्रुपको नेपालमा प्रवेश, १ अर्ब लगानीमा फरच्युन  रिसोर्ट सञ्चालन

    काठमाडौं । भारतको चर्चित आइटिसी ग्रुप अफ होटल्स अन्तर्गतको फच्र्युन होटेल्सले नेपालबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको छ । रिसोर्ट एन्ड वेलनेस स्पाको मंगलबार एक समारोहबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र लगानीकर्ताले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

    होटलका सञ्चालकहरुले यस क्षेत्रको अग्रणी होटल ब्राण्डको रुपमा भारतीय होटल सञ्जालको अन्तर्राष्ट्रिय यात्रालाई थप अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।

    हस्पिटालिटी क्षेत्रमा लक्जरी ब्रान्ड मानिने आइटिसीले भक्तपुरको साँगामा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको हो । नेपालमा फरच्युन रिसोर्ट व्यवसायी कमल जैनको लगानी रहेको छ । उनैले साँगामा विशाल शिवको मुर्ति स्थापना गरेका छन् ।

    फरच्युन रिसोर्ट एन्ड वेलनेस स्पा ३२ रोपनी क्षेत्रफलमा निर्माण गरिएको छ । रिसोर्टमा १ अर्ब रुपैयाँ लगानी गरिएको छ । रिसोर्टमा पहिलो चरणमा ६७ वटा कोठा सञ्चालनमा ल्याइने भएको छ ।
    दोस्रो चरणमा त्यसलाई बढाएर १ सय ५० वटा बनाइने भएको छ । रिसोर्टमा नेपालकै सर्वोत्कृट स्पाको सुविधा हुने बताइएको छ ।

    रिसोर्टमा ८ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको प्रि फक्सन क्षेत्र र ११ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको स्विमिङ्ग पुल रहेको छ । यो सबै कुराले रिसोर्टलाई एक उत्कृष्ट इभेन्ट गन्तव्य हुन सक्ने विश्वास छ । रिसोर्टमा एक साथ ६ सय जना पाहुनाहरु अट्ने जनाएको छ ।

    काठमाडौंबाट २० किलोमिटर र त्रिभुवन विमानस्थलबाट १८ किलोमिटरको दुरीमा रिसोर्ट छ ।

    उद्घाटन समारोहमा बोल्दै फच्र्युन होटेल्सका प्रवन्ध निर्देशक समिर एमसीले भने ‘नयाँ आर्थिक वर्ष ०८१/०८२ को शुरुवातमै फच्र्युन रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्न पाउँदा हामी निकै खुशी छौं । भारत बाहिर हाम्रो अन्तर्राष्ट्रिय यात्राको डेब्यूमा पहिलो शाखाको सुरुवात नेपालमा गर्न पाउँदा हामी निकै हर्षित छौं । हामी दक्षिण एसिया र नजिकका अरु देशहरुमा पनि हाम्रो उपस्थिति बढाउँदै जानेछौं र आजको यो उद्घाटन हाम्रो यात्राको नयाँ कोसेढुङ्गा हो ।’

    शान्त वातावरणमा अवस्थित फच्र्युन रिसोर्ट एण्ड वेलनेस स्पाले भित्री शान्ति खोज्नेहरूका लागि विश्राम लिने विशेष ठाउँ हुने विश्वास लिएको छ । होटलमा प्रशस्त कोठा, कटेज तथा न्यानो र आधुनिक सजावटले सजिएका सुइटहरू छन् । प्रत्येक कोठा अत्याधिक आरामदायी बनाईएको छ ।

    रिसोर्टमा स्पा, रिल्याक्सिङ्ग ट्रिटमेन्ट रुम, थेरापी रुम, सौना, स्टिम रुम, जिम, आकर्षक दृश्य देखिने स्विमिङ्ग पुल जस्ता विभिन्न आरामदायी सुविधाहरु उपलब्ध छन् । स्पा थेरापिस्टहरूको विशेषज्ञ टोलीले गर्ने स्पामा इसेन्सियल ओइलहरू, र शरीर, दिमाग र आत्मालाई सन्तुलन ल्याउने प्राकृतिक सामग्रीहरू प्रयोग गरेर डिटक्सिफिकेशन र क्लिन्जिङ, गहिरो आराम र समग्र प्राकृतिक चिकित्सा र पञ्चकर्म उपचारहरू प्रदान गर्दछ ।

    शाकाहारी खानाका पारखीहरुलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्टमा सम्पूर्ण प्रकारका स्वादिष्ट शाकाहारी खानेकुराहरु उपलब्ध भएको रिसोर्टले जानकारी दिएको छ । साथै नेप्ट्यून बार तथा लाउन्जमा विभिन्न प्रकारका मदिराहरु उपलब्ध हुने रिसोर्टले जनाएको छ ।

    थुप्रै फराकिलो ब्याङ्कवेटहरु रहेको रिसोर्टले वैवाहिक गन्तव्यको रुपमा पनि चर्चा कमाउन सक्ने सम्भावना राखेको छ । यो सबै कुराहरुले यस रिसोर्टलाई एक उत्कृष्ट इभेन्ट गन्तव्य बनाउँछ जहाँ करिब ६ सय पाहुनाहरु आरामले अटाउँछन् ।

    व्यवसायी कमल जैनले फच्र्यून होटेल्ससँग सहकार्य गरेर नेपालमा एउटा उत्कृष्ट ब्राण्ड ल्याउन पाउँदा निकै खुशी लागेको बताए । ‘फच्र्युन होटेल्स एक चर्चित होटल सञ्जाल मात्र नभएर हाम्रा लागि पनि एउटा निकै उत्कृष्ट साझेदार हो । सेवाहरूमा हाम्रो साझा विश्वास र उत्कृष्टताप्रतिको प्रतिबद्धता प्रतिबिम्बित हुने निश्चित छ। हामी आतिथ्यताको पभिाषालाई पूर्ण व्याख्या गर्ने ढङ्गले काम गर्दै भक्तपुरको आकर्षणलाई थप उचाईमा पुर्याउनेछौं ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend