logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • सेयर बजार ओरालो यात्रा जारी

    सेयर बजार ओरालो यात्रा जारी

    884
    Shares
    सेयर बजार ओरालो यात्रा जारी

    काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अंकले ओरालो लागेर १ हजार ९सय ७२ दशमलव १४ मा सिमित भएको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव शुन्य ४ अंकले ओरालो लागेर ३ सय ५० दशमलव ४७ मा पुगेको छ । कूल ५३ लाख ४४ हजार छ सय १३ कित्ता शेयर रुपैँया २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७ सय ९२ मूल्यमा खरिद बिक्री भएका छन् ।

    कारोबार भएकामध्ये गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रुपैँया १७ करोड ८२ लाख ८५ हजार ४ सय ४१ मूल्यमा खरिद बिक्री भएको छ ।

    सूर्यज्योति लाइफ इन्स्योरेन्स रुपैँया १० करोड ५१ लाख ३७ हजार छ सय ७९, पोखरा फाइनान्स रु ७ करोड ३७ लाख ५५ हजार छ सय ४६, शिवम् सिमेन्ट रु ५करोड ४५ लाख १९ हजार १ सय २३ र हिमालयन रिइन्स्योरेन्स रुपैँया ५ करोड ३० लाख ४९ हजार ५ सय ५१ मूल्यमा कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन् ।

    नेप्सेका अनुसार खानीखोला हाइड्रोपावर ७ दशमलव ९४, पोखरा फाइनान्स छ दशमलव २१, एनआइसी एशिया ग्रोथ फण्ड ५ दशमलव ७१, मध्य भोटेकोशी जलविधुत् कम्पनी ५ दशमलव ७० र पिपल्स पावरका लगानीकर्ताले ५ दशमलव ५९ प्रतिशतले कमाएका छन् ।

    रुरु जलविधुत् परियोजना ९ दशमलव ९९, गुर्खाज फाइनान्स ९ दशमलव३९, सिभिल बैंकको ऋणपत्र ८ दशमलव ८९, सिवाइसी नेपाल लघुवित्त छ दशमलव १२ र एसबिएल ऋणपत्रका लगानीकर्ताले ५ दशमलव ८४ प्रतिशतले गुमाएका छन् ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend