logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • आज भाद्र ७ गते मंगलबार, थाहा पाउनुहोस् राशिफल

    आज भाद्र ७ गते मंगलबार, थाहा पाउनुहोस् राशिफल

    6.3K
    Shares
    आज भाद्र ७ गते मंगलबार, थाहा पाउनुहोस् राशिफल

    मेष– आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनसक्छ ।

    वृष– नयाँ कार्यको चर्चा चल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ । राजनीति तथा समाजसेवामा मन लाग्नेछ ।

    मिथुन– आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

    कर्कट– आज राज्यबाट मान सम्मान पाइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्, तर स्वास्थ्य प्रति सचेत रहनु पर्छ ।

    सिंह– आज नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ ।

    कन्या– भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाइनेछ । स्वास्थ्यमा सुधार आएपनि स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ ।

    तुला–आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ । साँझमा नरमाइलो समाचार सुनिएला ।

    वृश्चिक– आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कुनै कारणले महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला र सानातिना समस्यामा अल्झनुपर्नेछ ।

    धनु– आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

    मकर– आफ्नो कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र मनोबल उच्च रहनेछ ।

    कुम्भ– महिला वा मित्रबाट विशेष आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्छ ।

    मिन–आज यात्रा नगरेकै जाती हुन्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका हुने र अवसर गुम्न सक्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend