पाल्पा । पाल्पामा छोरोले चिर्पट दाउरा प्रहार गर्दा बाबुको मृत्यु भएको छ । पाल्पाको माथा गढी गाउँपालिका वार्ड नम्बर ४ नेटामा सामान्य विवाद हुँदा आज बिहान छोरोले बाबुलाई चिर्पट दाउरा प्रहार गर्दा बाबुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार १४ वर्षका बालकले सामान्य झैँ झगडा हुँदा आफ्नो बुवा ४५ वर्षका तिल बहादुर दिसालाई चिर्पट दाउरा प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीले चिर्पट दाउरा प्रहार गर्ने बालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।
Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend