logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • इँटा भट्टामा मान्छे जलाएको अभियोग लागेका अफ्ताबलाई उम्मेदवार नबनाउने गगन थापाको संकेत

    इँटा भट्टामा मान्छे जलाएको अभियोग लागेका अफ्ताबलाई उम्मेदवार नबनाउने गगन थापाको संकेत

    14.5K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेलमा रहेका अफ्ताब आलमलाई पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने संकेत गरेका छन् । साहित्यकार रामलाल जोशीको पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा साहित्यकार नयनराज पाण्डेले आलमलाई उम्मेदवार बनाउन सिफारिस गरेकोमा प्रश्न उठाएका थिए । ‘इँटा भट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदैछ’ उनले बोलेका थिए ।

    जवाफमा कांग्रेस महामन्त्री थापाले आलमको नाम नलिइकन नैतिकताको प्रश्न उठेकालाई समेत सांसद नबनाइने बताए । थापाले भने, ‘संविधानले बर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा यो निर्णय हामीले गरेको हो भनेर छाती ठोकेर भन्न नसक्ने कुनै पनि निर्णय हाम्रो पार्टीले गर्दैनौं ।’

    कांग्रेसको रौतहटको क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले पुर्पक्षका लागि जेलमा रहेका आलमलाई उम्मेदवार बनाउन सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend