logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • थप २ सय जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    थप २ सय जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    15.5K
    Shares
    थप २ सय जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

     

    काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने थप दुई सय जनामा संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५३७ नमुना परीक्षण गर्दा दुई सय जनामा कोरोना देखिएको हो। जसमा एक हजार ३८१ जनाको पीसीआर परीक्षण गर्दा ९२ जनामा र दुई हजार १५६ जनाको एन्टिजन परीक्षण गर्दा १०८ जनामा कोरोना पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार सात पुगेको छ।

    त्यस्तै, आज ३३९ जना निको भएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या पनि घटेर दुई हजार ६४२ पुगेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend