logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • बालेनको एक्सनः कर तिर्न ७ क्यासिनोलाई पत्र, ७ दिनको अल्टिमेटम

    बालेनको एक्सनः कर तिर्न ७ क्यासिनोलाई पत्र, ७ दिनको अल्टिमेटम

    19.5K
    Shares
    बालेनको एक्सनः कर तिर्न ७ क्यासिनोलाई पत्र, ७ दिनको अल्टिमेटम

    काठमाडौं । अवैध संरचना भत्काउनेसहित महानगरभित्र सुधारको प्रयास गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कर नतिर्ने क्यासिनोहरुलाई पत्र काटेका छन् । ७ दिनको म्याद दिएर ७ क्यासिनोलाई बालेनले पत्र काटेका हुन् । जसमा डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट। प्राइड इन्टरटेन्टमेन्ट, माजोङ इन्टरटेन्टमेन्ट, बाल्को क्यासिनो र बेलि क्यासिनो रहेका छन् ।

    मनोरञ्जन कर तिर्न पटक पटक ताकेता गरिएपनि आर्थिक् वर्ष ०७५–०७६ देखि कर नतिरेकाले पत्र प्राप्त भएको मितिले ७ दिनभित्र राजश्व बुझाउन अनुरोध गरिएको छ । अन्यथा नियमबमोजिम बाँकी सरह बाँकी कर असुल उपर गरिने विभागीय प्रमुख शिवराज अधिकारीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend