logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • कैलालीका फरक फरक स्थानमा दुई जनाको शव फेला

    कैलालीका फरक फरक स्थानमा दुई जनाको शव फेला

    10.8K
    Shares

    कैलाली । कैलालीका फरक फरक स्थानमा दुई जना मृत फेला परेका छन् । गोदावरी नगरपालिका–१२ को शान्तिनगरमा एकजना र धनगढी उपमहानगरपालिका–१ मा एकजना मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले गोदावरी १२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएको जानकारी दिए ।

    बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको बताउदै जोशीले घटना शंकास्पद रहेको जनाए । बडेलाको टाउको र खुट्टामा चोट लागेकाले हत्या आशंकामा अनुसन्धान अघि बढाइएको जोशीले बताए । उनका अनुसार अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ ।

    अहिले मृतकको शव परीक्षणका लागि घटनास्थलबाट अस्पतालतर्फ ल्याइरहेको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका १ को कैलाली कारागार कैलाली पछाडि कञ्चनपुरको कृष्णनगरपालिका ८ का ७४ वर्षीय धनसिंह जेठारा मृत भेटिएका हुन् ।

    छोरीको घर आएका उनी मंगलबार साँझ बाहिर निस्किएका थिए । अबेरसम्म नफर्किएपछि खोजी गर्दै जादा बुधबार बिहान मृत भेटिएको जोशीले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend