logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • बारामा बस दुर्घटनामा परि १४ जनाको मृत्यु

    बारामा बस दुर्घटनामा परि १४ जनाको मृत्यु

    4.1K
    Shares

    काठमाडौं । बारामा भएको बस दुर्घटनामा परि १४ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ । चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप १–१ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार मृत्यु हुनेमा ७ पुरुष र ६ महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ । इन्सपेक्टर श्रेष्ठका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल, हेटौंडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।

    नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend