logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • ७७ जिल्लाकै सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

    ७७ जिल्लाकै सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

    3.1K
    Shares
    ७७ जिल्लाकै सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड देशको सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ । सर्लाही जिल्लाको मलंगवा न.पा.वडा न.९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी सोमबार कारोबार शुभारम्भ भएपछी ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो । वाणिज्य बैंकहरुमध्ये सात प्रदेशको ७७ जिल्लामा पुगी राष्ट्रिय वाणिज्य बैंकले यस अघि नै पहिलो बैंकको रुपमा बैंकिङ्ग पहुँच पु-याई रहेको छ ।

    नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७८/७९ को चौथो त्रैमाससम्ममा बैंकले रु. ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । २०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप रु.२ खर्ब ५९ अर्ब र  खुद कर्जा तथा सापट रु. २ खर्ब २९ अर्ब पुगेको छ । आ.व. २०७८/७९ मा बैैंंकको शेयरधनी कोष रु. ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति रु. ३ खर्ब २९ अर्ब पुगेको छ ।

    बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend