logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • निर्वाचनका लागि ललितपुरमा तेह्र सय भन्दाबढि म्यादी प्रहरी परिचालन हुने

    निर्वाचनका लागि ललितपुरमा तेह्र सय भन्दाबढि म्यादी प्रहरी परिचालन हुने

    2.6K
    Shares

    काठमाडौं । ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन हुने भएको छ । ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार हाल उनीहरुलाई तालिम दिने काम भईरहेको छ ।

    ललितपुरका विभिन्न नौं स्थानमा उनीहरुको तालिमको व्यवस्था गरिएको छ । १० दिनको तालिम पछि उनीहरुलाई आवश्यक्ता अनुसार मतदान केन्द्रहरुमा परिचालन गरिने पनि जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले नियुक्त गरिएका म्यादी प्रहरीहरुमध्ये ६०७ जना पुराना म्यादी प्रहरी रहेको जानकारी दिए ।

    सरकारले हरेक निर्वाचनमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन म्यादी प्रहरी परिचालन गर्दै आएको छ । पूर्वसुरक्षाकर्मी, पूराना म्यादी प्रहरीहरुलाई प्राथमिकता दिएर म्यादी प्रहरी छनौट गर्ने प्रावधान छ । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend