logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • खोटाङमा निर्वाचन सामग्री ढुवानीका लागि १५ वटा बस र ३८ वटा जीप रिजर्भ

    खोटाङमा निर्वाचन सामग्री ढुवानीका लागि १५ वटा बस र ३८ वटा जीप रिजर्भ

    3.6K
    Shares
    खोटाङमा निर्वाचन सामग्री ढुवानीका लागि १५ वटा बस र ३८ वटा जीप रिजर्भ

    खोटाङ । निर्वाचन सामग्री ढुवानीका लागि खोटाङमा १५ वटा बस रिजर्भ गरिएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न गराउनका लागि मतपेटिका, मतपत्र सहित मतदानस्थल जानेक्रममा कर्मचारीले १५ वटा बस रिजर्भ गरेका हुन् ।

    उनीहरुले ३८ वटा जिप पनि रिजर्भ गरेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

    सबै मतदानस्थलमा निर्वाचन सामग्री सहितका कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए ।

    मतपत्र, मतपेटिका, मतदाता नामावली, मतपेटिका, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप लगायतका ६२ प्रकारका सामग्री सहितका मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीको टोली मतदानस्थल पुग्न थालेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend