logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • नेतालाई गाडी दिने गरी कोशीमा जारी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

    नेतालाई गाडी दिने गरी कोशीमा जारी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

    1.2K
    Shares
    नेतालाई गाडी दिने गरी कोशीमा जारी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौँ । कोशी प्रदेशमा सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुलाई गाडी सुविधा दिने गरी जारी भएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

    अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दङ्गालले सोमबार दायर गरेको रिट निवेदनमा संविधान विपरीत जारी भएको अध्यादेश खारेजीको माग गरिएको छ । कोशी सरकारले हालै प्रदेशसभाका पदाधिकारीको सङ्ख्या थप गर्ने गरी केही प्रदेश ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याएको थियो ।

    उक्त अध्यादेशमार्फत ऐन संशोधन गरी सत्तारुढ सबै दलका संसदीय दलका नेता र विपक्षमा रहेका दलको संसदीय दलका नेतालाई पनि प्रदेशसभाको पदाधिकारी किटान गरेर सुविधा दिन लागिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend