logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • कोशि प्रदेशमा आजै मन्त्रि थपिदै ,४ बजे शपथ ग्रहण को को छन त लिष्टमा

    कोशि प्रदेशमा आजै मन्त्रि थपिदै ,४ बजे शपथ ग्रहण को को छन त लिष्टमा

    1.2K
    Shares
    कोशि प्रदेशमा आजै मन्त्रि थपिदै ,४ बजे शपथ ग्रहण को को छन त लिष्टमा

    कोशी प्रदेश सरकार आज विस्तार हुने भएको छ। नवनियुक्त मन्त्रीहरूको आजै ४ बजे शपथ हुने तय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्सेर राईले जानकारी दिए।

    स्रोतको अनुसार थप हुने मन्त्रीहरूमा काँग्रेसबाट प्रदिपकुमार सुनुवार, रामकुमार खत्री मन्त्री तथा ईन्दीरा थापा राज्यमन्त्री हुने भएकी हुन्।

    यस्तै, माओवादी केन्द्रबाट राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगरले मन्त्रीको शपथ लिने तय भएको छ।

    स्रोतले दिएको जानकारीअनुसार सुनुवार स्वास्थ र खत्रीले कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

    यस्तै, थापा स्वास्थ्य राज्यमन्त्री बन्नेछिन्। यस्तै माओवादीका बुर्जा मगर सिँचाई तथा ऊर्जा र कार्की सामाजिक विकासमन्त्री हुने भएका हुन्।

    हाल प्रदेश सरकारमा कांग्रेसबाट शम्शेर राई आन्तरिक मामिला तथा कानून, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एसका कमल प्रसाद जबेगू भौतिक पूर्वाधार मन्त्री छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend