logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • मोरङमा निर्वाचनको सबै तयारी पूरा

    मोरङमा निर्वाचनको सबै तयारी पूरा

    6.1K
    Shares
    मोरङमा निर्वाचनको सबै तयारी पूरा

    मोरङ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा सबै तयारी पूरा भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा कूल तीन सय छ मतदानस्थल र आठ सय ३९ मतदान केन्द्र रहेकामा ५० अतिसंवेदनशील र एक सय १४ वटा संवेदनशील मतदानस्थलमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

    मतदानका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले छ हजार सात सय १२ कर्मचारी परिचालन गरेको छ । एक मतदान केन्द्रमा आठ कर्मचारी रहने उक्त कार्यालयका प्रवक्ता हेम बुढाथोकीले जानकारी दिए । मतदानमा चाहिने मतपत्रदेखि आवश्यक सामग्री केन्द्रमा पुगिसकेको छ ।

    मोरङमा दुई वटा अस्थायी मतदान केन्द्र पनि स्थापना गरिएको छ । एक जिल्ला कारागारमा कैदीबन्दीका लागि र अर्को आदर्श पुस्तकालयमा मतदानमा नखटिने कर्मचारीका लागि कर्मचारी र कैदीबन्दीले समानुपातिकमा मात्र मत खसाल्न पाउने भएका छन् । मतदान केन्द्रमा खटिने मतदान अधिकृतले निर्वाचनलाई सहज एवं सरल बनाउन प्रत्येक मतदान केन्द्रमा सर्वदलीय बैठक गरिरहेको सूचना प्राप्त भएको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

    यसबाट निर्वाचन निष्पक्ष, धाँधलीरहित, विश्वसनीय, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास लिन सकिन्छ । मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर मत खसाल्ने वातावरण सिर्जना गर्न मतदान अधिकृतलाई प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलबाट निर्देशन पनि भइसकेको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

    अहिलेसम्म सबै मतदान केन्द्र वा मतदानस्थलमा शान्तिपूर्ण वातावरण रहेको र प्रत्येक मतदान केन्द्रमा खानेपानी, शौचालय, बिजुली, इन्टरनेटको व्यवस्था गर्नका साथै मतदान अधिकृत बुथ निर्माणमा जुटेको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend