logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • सुनसरीः निर्वाचन तयारी पूरा

    सुनसरीः निर्वाचन तयारी पूरा

    2.9K
    Shares
    सुनसरीः निर्वाचन तयारी पूरा

    इनरुवा । आइतबार हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरीमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा निर्वाचलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न पाँच हजार दुई सय ७४ सुरक्षाकर्मी र चार हजार सात सय २८ जना कर्मचारी खटाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

    जिल्लामा नेपाल प्रहरी एक हजार पाँच सय ८१, सशस्त्र प्रहरी सात सय ३९, नेपाली सेना चार सय ४०, म्यादी प्रहरी दुई हजार चार सय ९५ र राष्ट्रिय अनुसन्धान विभागबाट १९ जना गरी जम्मा पाँच हजार दुई सय ७४ सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ यादवले बताउनुभयो । सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थलमा सुरक्षाकर्मी खटाइएको उनले बताए ।

    निर्वाचन सम्पन्न गर्न जिल्लामा चार हजार सात सय २८ जना कर्मचारी विभिन्न मतदानस्थलमा खटाइएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसपटक गत स्थानीय तहको निर्वाचनमा भन्दा मतदाता सङ्ख्या बढेकाले एक सय ६६ मतदानस्थल र १० वटा मतदान केन्द्र थपिएर पाँच सय ९१ पुगेको उनले बताए ।

    प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी गरी जम्मा आठ जनाका दरले कर्मचारी खटाइएको प्रजिअ यादवले बताए ।

    यसपटक सुनसरीमा दुई वटा अस्थायी मतदान स्थलको व्यवस्था गरिएको छ । कैदीबन्दीहरूका लागि झुम्का कारागार र जिल्ला अदालत सुनसरीमा अस्थायी मतदान स्थल राखिएको निर्वाचन कार्यालय सुनसरीका प्रमुख अर्जुन अधिकारीले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend