
दोलखा । दोलखामा मतगणनाको माग गर्दै तरूण दल र वाइसिएलले मसाल जुलुस गरेका छन् । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव भए पनि यहाँ मतगणना सुरु भएको छैन।
मतगणनाको माग गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता आज साँझ मसाल जुलुस सहित प्रदर्शनमा उत्रिएका हुन्।निर्वाचनमा धाँधली भएको भन्दै एमाले दोलखाका उम्मेदवारहरुले पुनः मतदान गराउन भन्दै निर्वाचन आयोगमा उजुरी गरेका छन् ।
सोही उजुरीका कारण निर्वाचन आयोगले मतगणना कार्य रोकेकाले सत्तारुढ दलका भात्रृ संगठनले आज राँके जुलुस निकालेका हुन् ।जिल्लाका मतपेटिका चरिकोट ल्याएर राखिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय भने निर्वाचन आयोगले कतिबेला गणनाको निर्देशन दन्छ भन्दै कुरेर बसेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend