logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • मोरङ १ (१) मा एमालेका गौतम विजयी

    मोरङ १ (१) मा एमालेका गौतम विजयी

    4.6K
    Shares
    मोरङ १ (१) मा एमालेका गौतम विजयी

    उर्लाबारी । प्रदेश सभा सदस्य अन्तर्गत मोरङ १ (क) मा नेकपा एमालेका उम्मेदवार उमाकान्त गौतम विजयी भएका छन् । मोरङ १ को निर्वाचन अधिकृतको कार्यालय उर्लाबारीले घोषणा गरेको अन्तिम मत परिणाम अनुसार गौतम १३ हजार ५३१ मत प्राप्त गरी विजयी भएका हुन् । ५८ वर्षीय गौतम उर्लाबारी–८ का पुराना कम्युनिस्ट हुन् ।

    उनले निवर्तमान प्रदेश सभा सदस्य एवं संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार कुलप्रसाद साम्वा लिम्बूलाई पराजित गरे । लिम्बूले १० हजार ४ मत प्राप्त गरे । मोरङ १(क) मा ६ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये राप्रपाका पूर्णबहादुर वाइवाले ९ हजार १८४ मत, मङ्गोल नेशनल अर्गनाइजेशनका शिवकुमार राईले २ हजार २४२ मत, स्वतन्त्र खड्गबहादुर थापाले १ हजार १४८ मत र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अर्जुनसिंह लिम्बूले ८१७ मत प्राप्त गरे । ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend