सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

रोकियो उदयपुर १ को मतगणना

रोकियो उदयपुर १ को मतगणना

उदयपुर । उदयपुर १ मा प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको छ । मतगणनाको क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ को २ प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

निर्वाचन अधिकृत सुवेदीका अुनसार ६३ हजार ८० मत गणना भैइसकेपछि थप गणनाको लागि १० वटा मतपेटिका खोल्दा प्रदेशसभाको मतपेटिका भेटिएपछि दलहरुले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् ।

दिउँसो सवा ४ बजे सर्वदलीय बैठकपछि मतगणना सुरू हुने उनले बताए । कुल ७६ हजार ७५६ मत खसे उदयपुर १ मा ६३ हजार ८० मत गणना भैइसकेको छ । गणना भैइसकेकोमा काग्रेसका डाक्टर नारायण खडका १ हजार ८२५ मतले अघि छन् ।

खडकाले २७ हजार ४८४ मत प्राप्त पाएका छन् भने एमालेकी मन्जु कुमारी चौधरिले २५ हजार ६५९ ल्‍याएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend