logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

    कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

    1.9K
    Shares
    कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

    एजेन्सी । टर्कीमा एक ३२ वर्षीय व्यक्तिको आफ्नै कुकुरले अन्जानमा कुल्चिएको बन्दुकबाट गोली चल्दा मृत्यु भएको छ । कुकुरले बन्दुक पड्काउने ठाउमा कुल्चिदा ती व्यक्तिलाई गोली लागेको थियो । साम्सुन प्रान्तमा साथीसँग शिकार गर्न गएको बेला किजलान पठारमा ओज्गुर गेभ्रेकोग्लु मारिएका थिए ।

    आफ्नो कुकुरलाई कारमा हाल्ने क्रममा जनावरको पन्जाले लोड गरिएको हतियारलाई छोयो र राइफलले गेभ्रेकोग्लुलाई छोटो दूरीबाट फायर गरेको थियो । घटना लगत्तै उनलाई अस्पताल लगिएको थियो जहाँ अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।

    गेभ्रेकोग्लुको शवलाई अलाकम स्टेट अस्पतालको शवगृहमा राखिएको र उनको मृत्यु बारेमा थप अनुसन्धान भइरहेको छ ।

    घटनाको १० दिनअघि मात्रै उनी बुबा बनेका थिए । गेभ्रेकोग्लुले पहिले अन्य शिकार यात्राहरूमा धेरै कुकुरहरूसँग सोशल मिडियामा तस्बिरहरू पोस्ट गरिसकेका डेली मेलले रिपोर्ट गरेको छ ।

    घटनाबारे प्रहरी र अभियोजनकर्ताले अनुसन्धान गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend