logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • एमाले अध्यक्ष ओलीको प्रश्नः घण्टी पार्टी अस्तिसम्म स्याप्पै थियो हावा नहाली कसरी हुप्प भयो ?

    एमाले अध्यक्ष ओलीको प्रश्नः घण्टी पार्टी अस्तिसम्म स्याप्पै थियो हावा नहाली कसरी हुप्प भयो ?

    3.4K
    Shares
    एमाले अध्यक्ष ओलीको प्रश्नः घण्टी पार्टी अस्तिसम्म स्याप्पै थियो हावा नहाली कसरी हुप्प भयो ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई रहस्यमय रहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) नवनिर्वाचित एमालेका सांसदहरुलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष ओलीले अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा कसरी भयो भन्दै प्रश्न गरे । अध्यक्ष ओलीले अमेरिकामा रहेको पार्टी दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त आकारको घण्टी चिन्ह यहाँपनि ल्याएको बताए ।

    उनले भने–‘अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिन्ह घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका, त्यसको चिन्ह घण्टी छ । दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त आकारको घण्टी चिन्ह यहाँपनि ल्याएको छ । फ्रिडम पार्टी भनेको छ, संयोग नै होला । अस्तिसम्म स्याप्पै थियो त्यो पार्टी हावा नहाली कसरी हुप्प भयो ?’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend