logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • सुनसरी क्षेत्र नं–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

    सुनसरी क्षेत्र नं–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

    2.7K
    Shares
    सुनसरी क्षेत्र नं–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

    इटहरी । सुनसरीको निर्वाचन क्षेत्र नं–४ मा सञ्चारमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।

    प्रतिनिधिसभा सदस्यमा कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जगदीशप्रसाद कुसियतले ३० हजार ३७१ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर एक सय १२ रहेको छ ।

    ०७४ को निर्वाचनमा तत्कालीन अर्थमन्त्री रहँदा कार्की यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले त्यसबेला नेकपा एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए ।

    एमालेका कुसियत भने यसअघि प्रदेशसभा सदस्य थिए । उनी शेरधन राई मुख्यमन्त्री रहँदा प्रदेश १ को वन तथा पर्यटनमन्त्री थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend